Nepal Life

एनआईसी एशिया बैंकको मुनाफा ४२.४९ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 03 07:28
एनआईसी एशिया बैंकको मुनाफा ४२.४९ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी २७ रुपैयाँ
United Ajod

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ७५ करोड रुपैया मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको मुनाफा ४२.४९ प्रतिशत घटेको हो ।

Shikhar
Nepal Life
NIMB

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १६.७९ प्रतिशत बढेको छ भने कर्जा १२.३५ प्रतिशत बढेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया