Nepal Life

गरिमा विकास बैंकको तीन महिनाको मुनाफा २० करोड १५ लाख, प्रतिशेयर आम्दानी १५ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 03 07:42
गरिमा विकास बैंकको तीन महिनाको मुनाफा २० करोड १५ लाख, प्रतिशेयर आम्दानी १५ रुपैयाँ
United Ajod

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा २० करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको यहि अवधिको तुलनामा ४.२५ प्रतिशतले मुनाफा बढाएको हो । गत वर्षको यहि अवधिमा १९ करोड ३३ लाख रुपैयाँ थियो ।

Shikhar
Nepal Life
NIMB

खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.५७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १२.२९ प्रतिशत र सञ्चालन मुनाफा ४.३२ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ४६ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६३ पैसा बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७१ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ७३ करोड जम्मा भएको छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप १.८२ प्रतिशत बढेको छ भने कर्जा १.२८ प्रतिशत बढेको छ। समिक्षा अवधिमा बैंकले ७८ अर्ब ३६ करोड निक्षेप संकलन गरी ६३ अर्ब २ करोड कर्जा विस्तार गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया