Nepal Life

प्रधानमन्त्री आफै भुकम्प प्रभावित क्षेत्रमा जादै, पिडितको उद्धारमा जुट्न अपिल

NMB Bank
  • BFIS News
  • 2023 Nov 04 06:57
प्रधानमन्त्री आफै भुकम्प प्रभावित क्षेत्रमा जादै, पिडितको उद्धारमा जुट्न अपिल
United Ajod

काठमाडौं । जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । 

Shikhar
Nepal Life
NIMB

मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११:४७, १२:०८, १२:२९ र १२:३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२ र ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो । 

घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लागेका छन् । सुर्खेतलगायत छिमेकी जिल्लाहरूबाट खोज उद्वारका लागि तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको स्थिति छ। केही सडकहरू बन्द भएका छन्। सल्लाहकार आचार्यले भने,  ’’खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि सम्माननीय प्रधानमन्त्रीज्यू सहितको स्वास्थ्यकर्मीको टिम अहिले स्थलगत जाँदैछ। बिहानैदेखि घाईतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर परिचालन हुनेछन्।’’

प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्,‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’ 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया