Nepal Life

नेपाल रेमिट र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता, रेमिटेन्स अब सिधै नबिल बैंकको खातामा

NMB Bank
  • BFIS News
  • 2023 Jul 02 06:25
नेपाल रेमिट र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता, रेमिटेन्स अब सिधै नबिल बैंकको खातामा
United Ajod

काठमाडौं। नेपाल रेमिट इन्टरनेसनल र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम सिधै नबिल बैंकको बैंकको खाता वा शाखा कार्यालयबाट सहजै प्राप्त गर्न सकिने बताइएको छ।

Shikhar
Nepal Life
NIMB

रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकको तर्फबाट रेमिटेन्स प्रमुख मनिषा श्रेष्ठले हस्ताक्षर गरेका छन्।

डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिटेन्स भित्र्याउँदै आएको छ।

सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया