Nepal Life

बीमा कम्पनीहरुको ध्यान नविकरण तर्फ, संस्थान पहिलो दोस्रो बृद्धिदर प्रभु महालक्ष्मीको (हेर्नुहोस् कसको बृद्धिदर कति)

NMB Bank
  • BFIS News
  • 2023 Nov 06 05:39
बीमा कम्पनीहरुको ध्यान नविकरण तर्फ, संस्थान पहिलो दोस्रो बृद्धिदर प्रभु महालक्ष्मीको (हेर्नुहोस् कसको बृद्धिदर कति)
United Ajod

काठमाडौं । चरम आर्थिक मन्दीको समयमा जीवन बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क आर्जनलाई विशेष ध्यान दिन थालेका छन् । व्यतित बीमालेखमा व्याज छुटका स्किम ल्याएर कम्पनीहरुले नविकरण बीमा शुल्क आर्जनमा प्राथमिकता दिएका हुन् । प्राधिकरणले पनि कम्पनीहरुले ल्याप्सेस रेसियो घटाउन निर्देशन दिनुका साथै घटाउनका लागि कम्पनीले लिएका पहल कदमीको नियमित रिपोर्टिङ गर्दे आइरहेको छ ।

Shikhar
Nepal Life
NIMB

सरकारी कर्मचारीको बीमा गराएर ढुक्कका साथ बसिरहेको राष्ट्रिय बीमा संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा नविकरण बीमा शुल्क आर्जन २९८ प्रतिशतले बढाउदै तीन अर्ब ९३ करोड आर्जन गरेको छ । त्यस्तै नविकरण बीमा शुल्क आर्जनको सर्वाधिक दोस्रो बृद्धिदर प्रभु महालक्ष्मी लाइफको ३४.९५ प्रतिशत रहेको छ । कम्पनीले समिक्षा अवधिमा ९३ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । मर्जर सँगै कम्पनीले नविकरण बीमा शुल्क आर्जनलाई विशेष जोड दिदै आएको छ ।

त्यस्तै रिलायबल र सानिमा रिलायन्स लाइफले पनि नविकरण बीमा शुल्कमा विशेष जोड दिएका छन् । दुबैको बृद्धिदर क्रमश ३० र १९.७१ प्रतिशत रहेको छ । नविकरण बीमा शुल्क आर्जनमा सर्वाधिक कमजोर सन नेपाल लाइफ रहेको छ । कम्पनीले गएका वर्षमा आवधिक जीवन बीमा पोलिसी अर्थात वैदेशिक रोजगार बीमालेखमा मात्रै केन्द्रित हुँदा यस वर्ष नविकरणको हिस्सा कमजोर देखिएको हो । पछिल्ला दिनमा सन नेपाल लाइफ सावधिक जीवन बीमालेखमा पनि ध्यान दिन थालेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया