Nepal Life

भिजन लुम्बिनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2023 Nov 06 07:15
भिजन लुम्बिनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । भिजन लुम्बिनीले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परेसँगै आजदेखि बिक्री बन्द गर्ने भएको छ । कम्पनीले कार्तिक १६ गतेदेखि सर्वासाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गरिरहेको छ । 

Shikhar
Nepal Life
NIMB

सिडिएससीका अनुसार हिजो साँझ ५ बजेसम्ममा ८ लाख ४७ हजारलेल ९८ लाख ८८ हजार कित्ताका लागि आवेदन दिइसकेका छन् । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर सहित गरी उक्त आइपिओ निष्कासन गरेको हो । 

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। कम्पनीको प्राथमिक शेयर ४८ हजार ७९१ जनाले मात्रै पाउन सक्ने भएकाले अव १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु पर्ने देखिदैन । 

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले 'आइआरएन डबल बी इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया