Nepal Life

इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता

NMB Bank
  • BFIS News
  • 2023 Jun Thu 10:30
इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता
United Ajod

काठमाडौं। इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत सहरमा रहेका ११८ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरबाट जुनसुकै बैंक तथा वित्तिय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

साथै नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरु साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरि अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाउने सक्ने छन्।

‘अल मुजैनी एक्सचेन्ज जस्तो प्रतिष्ठित रेमिटेन्स कम्पनीसँग रेमिटेन्स सम्झौता गर्न पाउँदा हामी एकदमै उत्साहित छौं। कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरुको बसोबास रहिआएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा हामीलाई विश्वास छ,’ इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने।

अल मुजैनी एक्सचेन्ज कुवेतको अग्रणी विदेशी मुद्रा र विश्वव्यापी रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। हाल यस कम्पनीका कुवेतमा ११८ वटा शाखा सञ्चालनमा रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया