Nepal Life

भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो एक करोडको राहत सामग्री

NMB Bank
  • BFIS News
  • 2023 Nov 06 11:58
भूकम्प पीडितका लागि नबिल बैंकले हस्तान्तरण गर्‍यो एक करोडको राहत सामग्री
United Ajod

काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ। बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेका छन्।

Shikhar
Nepal Life
NIMB

राहत सामग्री दिएर बैंकका प्रमुख बजार अधिकृत सुवेदी र रारा क्लस्टर प्रमुख तपेन्द्र कुँवर जाजरकोट पुगेका थिए।

सरकारले एकद्वार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेकाले बैंकले जिल्ला विपद् व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्री भूकम्प प्रभावितलाई समितिले वितरण गर्नेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले खाद्यन्न, त्रिपाल, ब्लाङ्केट, औषधिलगायत १ करोड रुपैयाँ बराबरका सामग्री उपलब्ध गराउने बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया