Nepal Life

नागरिक लगानी कोषको मुनाफा १३.८२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९.९४ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 09:00
नागरिक लगानी कोषको मुनाफा १३.८२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९.९४ रुपैयाँ
United Ajod

काठमाडौं । नागरिक लगानीकोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १३.८२ प्रतिशतले मुनाफा बढाएको छ । कोषले समिक्षा अवधिमा २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वर्षको यहि अवधिमा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

आम्दानी बढेसँगै कोषको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आम्दानी समीक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ। ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया