Nepal Life

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 10:16
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता
United Ajod

काठमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । कोषले सञ्चालक समितिको निर्णय बमोजिम दरखास्त खुला गरेको हो । 

Shikhar
Nepal Life
NIMB

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी २१ दिन भित्र आवेदन दिन सक्ने छन् । आवेदकले व्यवसायिक कार्ययोजना सहित अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ । 

दरखास्तका साथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ। उम्मेदवारले व्यावसायिक कार्ययोजना (५ हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेस गर्नुपर्नेछ। आवेदन दिँदा अर्थ मन्त्रालयको राजश्व खातामा ५ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि बुझाउनुपर्नेछ। 

तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा ५ जनाको छनौट (सर्ट लिस्ट) गरी दोस्रो चरणमा सहभागी गराइने सूचनामा उल्लेख छ। दोस्रो चरणबाट उपयुक्त ३ जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालयसमक्ष सिफारिस गर्नेछ।

यो सूचनाबमोजिम प्राप्त भएका दरखास्त सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ। झुट्टा विवरण वा कागजात पेस गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानुनबमोजिम कारबाही हुने पनि सूचना प्रस्ट पारिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया