Nepal Life

भुकम्प प्रभावितलाई आइएमइ ग्रुपले गर्यो अहिलेसम्मकै सर्वाधिक ठुलो सहयोग, प्रधानमन्त्रीलाई डेड करोडको चेक हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 16:36
भुकम्प प्रभावितलाई आइएमइ ग्रुपले गर्यो अहिलेसम्मकै सर्वाधिक ठुलो सहयोग, प्रधानमन्त्रीलाई डेड करोडको चेक हस्तान्तरण
United Ajod

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्पोरेट सेक्टरको तर्फबाट भुकम्प पिडितका लागि अहिलेसम्मकै सर्वाधिक ठुलो आर्थिक सहयोग गरेको छ । 

आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । 

Shikhar
Nepal Life
NIMB

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेड लगायत आइएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसन मार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाश शरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत उपस्थित थियो । 

यसैगरी, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।

सहयोग रकम हस्तान्तरण सँगै आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया