Nepal Life

सलिकोले आयोजना गर्यो खोटाङको दिक्तेलमा बीमा सचेतना कार्यक्रम

NMB Bank
  • BFIS News
  • 2023 Nov 07 17:40
सलिकोले आयोजना गर्यो खोटाङको दिक्तेलमा बीमा सचेतना कार्यक्रम
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले यहि कार्तिक २० गते खोटाङ जिल्लाको दिक्तेलमा बीमा सचेनता कार्यक्रम सम्पन्न गरेको छ ।

 

Shikhar
Nepal Life
NIMB

कम्पनीले खोटाङ्ग जिल्लाको दिक्तेल स्थित जिल्ला पशुसेवा कार्यालय रुपाकोट मजुवागडि न.पा. १ मा स्थानीय स्तरमा बीमाको पहुँच विस्तार गर्न तथा बीमाको औचित्य सम्बन्धमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम संचालन गरेको हो  ।

उक्त कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतम, दिक्तेल शाखा प्रमुख बाबुराम आचार्य, गाईघाट शाखा प्रमुख डि.बि. कटवाल लगायत जिल्लाका पशु प्राबिधिक, भेटनरी, स्थानीय जनप्रतिनिधि, कृषक तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमले आगामी दिनहरुमा स्थानीय जनताहरुले बीमाको आवश्यकता र महत्वलाई महसुश गर्दै बीमामा सहभागि हुने अपेक्षा गरिएको छ । साथै कार्यक्रममा सहभागिहरुले बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद दिएका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया