Nepal Life

नेपाल पुनर्बिमा कम्पनीलाई प्रतिस्पर्धी बन्न सुझाव

NMB Bank
  • BFIS News
  • 2023 Nov 08 08:47
नेपाल पुनर्बिमा कम्पनीलाई प्रतिस्पर्धी बन्न सुझाव
United Ajod

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी १० औँ वर्ष प्रवेश गरेको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल पुनर्बिमा कम्पनीको स्थापना र विकासले नेपालका जीवन र निर्जीवन बिमा कम्पनीको जोखिमाङ्कन क्षमता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले हरेक वर्ष नेपालबाट बाहिरिने पुनर्बिमा शुल्कबापतको ठुलो रकम रोक्दै आर्थिक विकासमा टेवा पु¥याइरहेको भन्दै आगामी दिनमा अझ प्रतिस्पर्धी भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

प्राकृतिक र मानव सृजित जोखिमबाट जीवन, व्यवसाय, सम्पत्ति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै अर्थमन्त्री डा. महतले बिमाप्रतिको जनविश्वासलाई अझ मजबुत बनाउन शीघ्र बिमा दाबी भुक्तानी प्रणालीको विकास हुनुपर्नेमा जोड दिनुभयो । कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई सहयोगार्थ २५ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको थियो ।

कम्पनीका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले कम्पनीले नौ वर्षको अवधिमा गरेका महत्वपूर्ण कार्यमध्ये नेपालका बिमा कम्पनीले स्वीकार गरेका सबै खालको जोखिमलाई ग्रहण गरी बिमा कम्पनीको जोखिम वहन क्षमता वृद्धि गर्नुका साथै बिमाको विकास, विस्तार र सुदृढीकरणमा सहयोग पु¥याएको बताउनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शङ्करकुमार रायमाझीले सरकारले बिमा क्षेत्रलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन बिमकले विगतमा भोग्नु परेका सुरक्षणका समस्यालाई समाधान गर्न कम्पनीको स्थापना भएको जानकारी दिँदै बिमा क्षेत्रलाई समय सापेक्ष बनाउन आफ्नो क्षमता वृद्धि गर्दै स्वदेशी एवं विदेशी बिमक पुनर्बिमकलाई विश्वास दिलाई अगाडि बढ्न कम्पनी तत्पर रहेको बताउनुभयो । कम्पनीमा सरकारको ४४.०४ प्रतिशत, जीवन बिमा, निर्जीवन बिमा तथा अन्य कम्पनीको ३९.९६ प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत सेयर रहेको छ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया