Nepal Life

कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्न नसक्ने, यस वर्ष सञ्चित कोषमै जम्मा गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Nov 08 10:53
कामना सेवा विकास बैंकले लाभांश घोषणा गर्न नसक्ने, यस वर्ष सञ्चित कोषमै जम्मा गर्ने
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंकले यस पटक लाभांश घोषणा नगर्ने निर्णय गरेको छ । बैंकको हिजो दिउसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । 

Shikhar
Nepal Life
NIMB

हिजो बसेको सञ्चालक समितिको बैठकले २०८० असार मसान्तको बासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी साधारणसभाबाट स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० को अन्तसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरी कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया