Nepal Life

किचन अप्लायन्सेस ब्राण्ड काफको औपचारिक विक्री शुरू,  एकै पटक चार स्टोर सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2023 Nov 08 21:20
किचन अप्लायन्सेस ब्राण्ड काफको औपचारिक विक्री शुरू,  एकै पटक चार स्टोर सञ्चालनमा
United Ajod

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण शुरू गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रा.लिले बुधवारदेखि यसको औपचारिक विक्री शुरूआत गरेको हो । एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको किचन क्राफ्टकी कार्यकारी निर्देशक अंकिता राठीले जानकारी दिए । जुन काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार स्टोर सञ्चालनमा ल्याइएको हो ।

Shikhar
Nepal Life
NIMB

कुकर हुड्स (फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर,  ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान,  सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायत काफका स्टोरमा पाइने बताइएको छ ।

किचनका सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेको भए पनि औपचारिक विक्री शुरुवात पहिलो पटक भएको कार्यकारी निर्देशक राठीको भनाइ छ । काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको उनले बताए । अन्य कम्पनीका उत्पादनभन्दा सस्तो, हेर्दा राम्रो, गुणस्तरीय र टिकाउ रहेको राठीले बताए । 

‘काफका उपकरणले प्रयोगकर्ताको अवश्यकता पूरा गर्दै भान्साको सौन्दर्यतालाई बढावा दिन्छ,’ उनले भने, ‘हाम्रा किचन सामग्री गुणस्तरीय, उच्च प्रदर्शन क्षमता, सुविधा र प्राविधिक रूपमा उत्कृष्ट छन् ।’  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया