Nepal Life

चन्द्रागिरी हिल्सको मुनाफा ६३ प्रतिशतले बढ्यो, तीन महिनाको सञ्चालन आम्दानी २० करोड ६१ लाख 

NMB Bank
  • BFIS News
  • 2023 Nov 10 09:55
चन्द्रागिरी हिल्सको मुनाफा ६३ प्रतिशतले बढ्यो, तीन महिनाको सञ्चालन आम्दानी २० करोड ६१ लाख 
United Ajod

काठमाडौं । चन्द्रागिरी हिल्सको मुनाफा ६३.०७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा हिल्सले २ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  यो गत वर्षको यहि अवधिमा १ करोड ३१ लाख रुपैयाँ थियो । 

Shikhar
Nepal Life
NIMB

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २० करोड ६१ लाख रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५९ प्रतिशत बढी हो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.१९ प्रतिशत बढेको छ भने खर्च ५१.५९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १६ पैसा बढेर ५ रुपैयाँ ५७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९१.१३ गुणा रहेको छ। १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया