Nepal Life

हिमालयन डिस्टिलरीका शेयरधनीलाई धक्का, मुनाफा ५१.२५ प्रतिशतले घट्यो नाफा

NMB Bank
  • BFIS News
  • 2023 Nov 10 10:15
हिमालयन डिस्टिलरीका शेयरधनीलाई धक्का, मुनाफा  ५१.२५ प्रतिशतले घट्यो नाफा
United Ajod

काठमाडौं । दोस्रो बजारमा लगानीकर्ताको सर्वाधिक आकर्षणमा पर्दै आएको हिमालयन डिष्ट्रिलरीको मुनाफाले ठुलो धक्का पुर्याएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा मुनाफा ५१.२५ प्रतिशतले घटेको छ । 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २९.७० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९७ करोड १८ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३८.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रूपैयाँ ५२ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०७.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया