Nepal Life

चिलिमे हाइड्रोपावरको मुनाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी ११.५० रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 10 11:17
चिलिमे हाइड्रोपावरको मुनाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी ११.५० रुपैयाँ
United Ajod

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ०.४२ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २० करोड ८७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २० करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Shikhar
Nepal Life
NIMB

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणबाट कन्ट्रयाक्ट इनर्जिको अतिरिक्त कम इनर्जि माग भएकोले विद्युत बिक्री आम्दानी सामान्य घटेको कम्पनीले जनाएको छ।कम्पनीको वित्तीय आम्दानी भने समीक्षा अवधिमा १४.८२ प्रतिशत घटेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको रिटेन्ट अर्निङ्ग भने ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया