Nepal Life

बैंक बीमा कम्पनीको लगानी रहेको नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आइपिओ निष्काशन गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Nov 17 09:21
बैंक बीमा कम्पनीको लगानी रहेको नेपाल वेयरहाउजिङ्गले मंसिर १० गतेदेखि आइपिओ निष्काशन गर्दै
United Ajod

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले सर्वसाधारणका लागि यहि मंसिर १० गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आधार मूल्यमै ११ लाख ४१ हजार २५० कित्ता शेयर बिक्री गर्न थालेको हो । सर्वसाधारणका लागि छिटोमा मंसिर १३ गतेसम्म बिक्री खुला गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर २४ गतेसम्म बिक्री खुला राख्न सक्ने छ । 

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। 

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीमा बैंक बीमा कम्पनीको लगानी रहेको छ । निम्बस होल्डिङ प्रालीका सञ्चालकहरु, शिखर इन्स्योरेन्स कम्पनी तथा सञ्चालकहरु, श्रीनगर एग्रो फार्म तथा सञ्चालकहरु, एनमबी बैंक तथा सञ्चालकहरु, टिम भेन्चर्स प्राली तथा सञ्चालकहरु, हाथवे इन्भेष्टमेन्ट तथा सञ्चालकहरु, हिमालयन क्यापिटल तथा सञ्चालकहरु, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा सञ्चालकहरु, आइएमई जनरल इन्स्योरेन्स तथा सञ्चालकहरु, मुक्तानाथ कृषि कम्पनी तथा सञ्चालकहरु, अल्फा क्यापिटल तथा सञ्चालकहरु, आद्यन्त इन्भेस्टमेन्ट, प्रोवायोटेक इन्ड्रष्ट्रिज तथा सञ्चालकहरुको लगानी रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया