Nepal Life

शिखर इन्स्योरेन्सको सम्पुर्ण सूचकमा उत्साहजनक सुधार, मुनाफा ११ करोड २४ लाख हुँदा इपिएस १६ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 17 10:03
शिखर इन्स्योरेन्सको सम्पुर्ण सूचकमा उत्साहजनक सुधार, मुनाफा ११ करोड २४ लाख हुँदा इपिएस १६ रुपैयाँ
United Ajod

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ मुनाफा गर्दा प्रतिशेयर आम्दानी १६.९४ रुपैयाँ कायम गर्न सफल देखिएको छ । 

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २०.६४ प्रतिशत बढेर २७ करोड ७८ लाख पुगेको छ। इन्स्योरेन्सको कमिशन आम्दानी र लगानी तथा कर्जाबाट आम्दानी भने समीक्षा अवधिमा क्रमशः ४.९८ प्रतिशत र ३.७६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी९.०५ प्रतिशत र कुल खर्च १३.८९ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २३ पैसा बढेर १६ रुपैयाँ ९४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.२१ गुणा रहेको छ।

२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १४ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ्गमा ३३ करोड रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले चरम आर्थिक मन्दीको समयमा परम्परागत व्यवसायका अतिरिक्त लघु बीमा व्यवसायलाई पनि उत्तीकै जोड दिएको छ । कम्पनीले यस अवधिमा कृषि तथा पशुपन्छि बीमामा लगानी गर्दै आइरहेको छ । विभिन्न संस्थाहरु सँग मिलेर परियोजनाका रुपमा बीमा पोलिसीहरु बनाउदै बीमा व्यवसाय विस्तार गरिरहेको छ । यस अवधिमा कम्पनीले सानो तिनो लस बेहोर्नु परे पनि भविष्यमा यसबाट राम्रो बजार बनाउने रणनीति कम्पनीको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया