Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो १९ औं वार्षिक साधारणसभा, ५ प्रतिशत बोनस शेयर पारित गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Nov 19 08:17
सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो १९ औं वार्षिक साधारणसभा, ५ प्रतिशत बोनस शेयर पारित गर्दै
United Ajod

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले यहि मंसिर २४ गते, आइतबार, लैनचौर ब्याङ्क्वेट, लैनचौरमा १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस भन्दा अगाडी घोषणा गरेको लाभांश पारित गर्ने विशेष प्रस्ताव गर्ने भएको छ । 

Shikhar
Nepal Life
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया