Nepal Life

सोल्टी होटलको बम्बर लाभांश घोषणा, पुस ४ गतेसम्म शेयर किन्नेले ३१.५८ प्रतिशत लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2023 Nov 20 10:50
सोल्टी होटलको बम्बर लाभांश घोषणा, पुस ४ गतेसम्म शेयर किन्नेले ३१.५८ प्रतिशत लाभांश पाउने
United Ajod

काठमाडौं । सोल्टी होटलले बम्बर लाभांश घोषणा गरेको छ । होटलले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । 

Shikhar
Nepal Life
NIMB

होटलले पुस २६ गते, बिहीबार नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा ४९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलल पुस ५ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। हाल होटलको चुक्ता पूँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ । होटलले शेयरधनीका लागि यस वर्ष कुल २७ करोड ९३ लाख रुपैयाँ वितरण गर्नेछ । 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया