Nepal Life

बैंक वित्तीय संस्थाका कुनै पनि पदाधिकारी भुक्तानी सेवा प्रदायक संस्थाको पदमा समेत रहन नपाउने

NMB Bank
  • BFIS News
  • 2023 Nov 20 18:08
बैंक वित्तीय संस्थाका कुनै पनि पदाधिकारी भुक्तानी सेवा प्रदायक संस्थाको पदमा समेत रहन नपाउने
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुमा पनि अन्य बैंक वित्तीय संस्थाका पदाधिकारी कुनै पनि पदमा रहन नपाउने व्यवस्था गरेको छ । भुक्तानी सम्बन्धी एकिकृत निर्देशन २०८० जारी गर्दै संस्थागत सुशासन सम्बन्धी व्यवस्था अन्तर्गत यस्तो व्यवस्था थप गरेको हो ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र/इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक/पदाधिकारीको रुपमा बहाल रहेको व्यक्ति एकै पटक अर्नय भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन पाउने छैन भनिएको छ ।

तर कुनै अनुमतिपत्र प्राप्त संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा राष्ट्र बेंकले नियुक्त गरेको अवस्थामा उपर्युक्त व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा ६ पटक बस्नु पर्ने व्यवस्था गरिएको छ । तर दुई बैठकको बीचको अन्तर दुई महिनाभन्दा बढी हुन पाइने छैन । 

सञ्चालक समितिले कम्तिमा वर्षको एकपटक जोखिम व्यवस्थापनको लागि कार्यान्वयनमा ल्याएको आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन मापदण्डको समिक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकबाट अनुमतिपत्र/इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था, मनिचेन्जर, विप्रेषण कम्पनी, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालकमा सञ्चालक/पदाधिकारी को रुपमा बहाल रहेको व्यक्ति एकै पटक अन्य भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थामा प्रतिनिधित्व गर्न वा कुनै पनि पदमा बहाल रहन पाउने छैन । तर कुनै अनुमतिपत्रप्राप्त संस्थामा भुक्तानीसम्बन्धी कार्य गर्ने अर्को संस्थाको लगानी रहेको अवस्थामा लगानीकर्ता संस्थाको तर्फबाट कर्मचारीले लगानी रहेको संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तथा नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा उपर्युक्त व्यवस्थाले वाधा पुगेको मानिने छैन । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया