Nepal Life

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ७ हजारले हात पारे १० कित्ता

NMB Bank
  • BFIS News
  • 2023 Nov 21 10:49
भिजन लुम्बिनीको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ७ हजारले हात पारे १० कित्ता
United Ajod

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको छ । आज भएको बाँडफाँटमा गोलाप्रथाबाट २ लाख ७ हजार ५ सय २८ जनाले १० कित्ता शेयर हात पारेका छन् । 

Shikhar
Nepal Life
NIMB

बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५ सय २८ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता शेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।

कम्पनीका आईपीओमा आवेदन गर्ने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ। कम्पनीको आईपीओको नतिजा मेरोशेयर तथा क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले प्रबर्धन गरिरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया