Nepal Life

बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा रोल्पाको त्रिवेणीमा अन्तरक्रिया सम्पन्न, बीमा प्रति धेरै नै जिज्ञासा

NMB Bank
  • BFIS News
  • 2023 Nov 27 11:57
बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा रोल्पाको त्रिवेणीमा अन्तरक्रिया सम्पन्न, बीमा प्रति धेरै नै जिज्ञासा
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिका, जुगार रोल्पासँग यहि मंसिर १० गते बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

Shikhar
Nepal Life
NIMB

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए । कार्यक्रमको प्रभुख अतिथी त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगर थिए भने बिशेष अतिथीमा गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशाकिय अधिकृत मिनराज भट्टराई लगायत कृषक, शिक्षक स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।  

कार्यक्रम संचालन नेपाल बीमा प्राधिकरणका मानबहादुर चौधरीले गरेका थिए भने प्रदेश कार्यलाय प्रमुख थापाले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए ।  

उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी समस्या तथा जिज्ञासाहरु राखेका थिए । सहभागीहरुले कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती गरेको बालीनालीको बीमा हुने वा नहुने भन्दै जिज्ञासा तथा प्रश्न गरेका छन् ।

बीमा दाबी भुक्तानी लिन बीमित स्वंयम भौतिक रुपमा उपस्थित हुन पर्ने वा नपर्ने, नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपंक्षीको बीमा गर्न जिल्ला तोकिएको कम्पनीले शाखा कार्यालय स्थापना नगरेको साथै बीमा सेवा प्रदान नगरेको भन्ने गुनासो समेत प्राप्त भएको छ ।

कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी बीमितले कति समय भित्र गर्नुपर्ने, जीवन बीमाको कति किस्ता भुक्तानी गरे पछि बीमितले रकम फिर्ता पाउँछ भन्दै सहभागीहरुले प्रश्न गरेका थिए ।  

भिरबाट लडेर वा रुखबाट खसेर बीमितको मृत्यू भएमा दोहोरो सुविधा पाउने वा नपाउने भन्दै सोधिएको छ । बीमकले बीमा सजिलै गर्ने तर दाबी भुक्तानी गर्नलाई ढिला गर्ने गुनासो व्यक्त गरेका छन् । प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने केशहरुमा सो कार्य नगरेमा बीमा दाबी भुक्तानी पाउने वा नपाउने वा सोको लागि अन्य के विकल्प हुने भन्दै सहभागीहरुले प्रश्न गरेका हुन् ।  

प्रमुख अतिथी तथा त्रिवेणी गाउँपालिकाका अध्यक्षले बीमकहरुको उपस्थिती नभएकोले कृषि तथा पशुपंक्षी र अन्य बीमा गर्न कठिनाई भएको भन्दै सो कार्यलाई सहजीकरण गरिदिन नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेका छन् ।  

पालिकाले कृषि तथा पशुपंक्षी बीमामा थप १० प्रतिशत अनुदान दिएको भन्दै अध्यक्ष बाँठा मगरले  यस पालिकामा कृषिबाली तथा तरकारी खेती बढी उत्पादन गर्ने भएकाले बीमाको महत्व रहेको बताए ।  

यस पालिकाले नेपाल बीमा प्राधिकरण तथा बीमकसंगको सहकार्यमा आगामी दिनमा यहाँको भौगोलिक अवस्थालाई हेरेर बीमा नीति बनाउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया