Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मंसिर १५ र १६ गते 'सलिको गल्फ टुर्नामेन्ट २०२३' आयोजना गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Nov 27 20:59
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मंसिर १५ र १६ गते 'सलिको गल्फ टुर्नामेन्ट २०२३' आयोजना गर्दै
United Ajod

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यहि मंसिर १५ र १६ गते ‘सलिको गल्फ टुर्नामेन्ट २०२३’ आयोजना गर्ने भएको छ । कम्पनीले विगतका वर्षमा झै यस वर्ष पनि रोयल नेपाल गल्फ क्लब एयरपोर्ट काठमाडौंमा "SALICO Golf Tournament 2023" आयोजना गर्न लागेको हो ।

Shikhar
Nepal Life
NIMB

उक्त प्रतियोगितामा १६ वटा विधाका खेलहरु आयोजना गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने कम्पनीले जनाएको छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया