Nepal Life

पाँच महिनामै बाणिज्य बैंकहरुको नाफा २८ अर्ब

NMB Bank
  • बिएफआईएस न्युज
  • 2022 Jan 18 21:45
पाँच महिनामै बाणिज्य बैंकहरुको नाफा २८ अर्ब
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। कार्त्तिकमा बैंकहरुको नाफा २३ अर्ब ५२ करोड रुपैयाँ थियो। महिना दिनमै नाफा करिब २० प्रतिशतले बढेको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, एक महिनाको अन्तरालमा ४ अर्ब ६७ करोड रुपैयाँले नाफा बढेको छ। गत आर्थिक वर्षको मंसिरसम्म बैंकहरुले २४ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। त्यस हिसाबले नाफा १६.२३ प्रतिशतले बढेको देखिन्छ। बैंकहरुको औसत नाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा कमाउने एनआइसी एसिया बैंक बनेको छ। एनआइसीले २ अर्ब रुपैयाँ नाफा कमाएको छ। कात्तिकको तुलनामा २५.२६ प्रतिशतले नाफा बढेको हो।

अर्को सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक छ। बैंकले १ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकिङ क्षेत्रको लिडर मानिएको नबिल बैंकको नाफा १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेको छ।

प्राइम कमर्सियल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड र मेगा बैंक नेपालले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

केन्द्रीय बैंकबाट उपलब्ध तथ्यांकलाई आधार मान्दा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नाफा कमाएका अधिकांश वाणिज्य बैंकमध्ये उल्लेखित यी १० बैंकहरुको मुनाफा औसतभन्दा धेरै हो।

बाँकीले संस्थाले समीक्षा अवधिमा औसतभन्दा कम नाफा कमाएका छन्।

११ वाणिज्य बैंकहरुले अर्ब अधिक मुनाफा आर्जन गरेका छन्। नेपाल बैंकले पनि मंसिरसम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको छ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा वाणिज्य बैंकहरू मध्ये सबैभन्दा कम नाफा कमाउनेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ। सेञ्चुरीले ४० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। जुन अघिल्लो महिनाको तुलनामा २८.०९ प्रतिशतले भने बढी हो।

अघिल्लो महिनाको तुलनामा सर्वाधिक वृद्धि दर भने बैंक अफ काठमाण्डूको रहेको छ। बैंकले कातिक महिनासम्मको तुलनामा करिब ३२ प्रतिशत अधिक मुनाफा आर्जन गरेको छ।

मंसिरसम्ममा बैंकले ४९ करोड रुपैयाँ नाफा कमाएको हो। यस अवधिमा अधिकाश वाणिज्य बैंकहरुले नाफा बढाउँदा कृषि विकास बैंकको नाफा भने गत महिनाको तुलनामा घटेको छ। बैंकको नाफा झन्डै ७ प्रतिशतले गिरावट आएको छ।

 

Shikhar
Nepal Life
NIMB

चालु आर्थिक वर्षको मंसिरसम्म बैंकहरुले २८ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया