Nepal Life

अपर तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्दै, २२ मेगावाटको रोल्वालिङ बनाउने

NMB Bank
  • BFIS News
  • 2023 Jul 08 04:59
अपर तामाकोशीले शतप्रतिशत हकप्रद जारी गर्दै, २२ मेगावाटको रोल्वालिङ बनाउने
United Ajod

काठमाडौं। अपर तामाकोशीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको हो।

Shikhar
Nepal Life
NIMB

जस अनुसार प्रत्येक एक कित्ता हुने सेयरधनीले सोही बराबर हकप्रदका लागि आवेदन दिन मिल्नेछ। १० अर्ब ५९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्ने कम्पनीको तयारी हो।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले कायम सो चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने तयारी गरेको हो। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

हकप्रदको रकम अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्नेछ। रोल्वालिङ निर्माणका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ।

अनुमान गरिएको यो आयोजना चार वर्षमा निर्माण सक्ने योजना छ। आयोजनाको जडित क्षमता २२ मेगा वाट हुनेछ। बाँकी रहेको रकमबाट कम्पनीको अल्पकालिन ऋण तिर्ने कम्पनीको योजना छ। 

माथिल्लो तामाकोसी आयोजनामा विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २-२ प्रतिशत, कर्मचारी सञ्चय कोषको १७.२८, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व छ।   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया