Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७७ हजारको आवेदन

NMB Bank
  • BFIS News
  • 2023 Nov 28 10:28
मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, ११ लाख ७७ हजारको आवेदन
United Ajod

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक शेयरमा माग भन्दा बढिको आवेदन परे सँगै आजदेखि निष्काशन बन्द गर्ने भएको छ । कम्पनीले आज साझ ५ बजेसम्म मात्रै बिक्री खुला राख्नेछ । 

Shikhar
Nepal Life
NIMB

सिडिएससीका अनुसार आज विहान १० बजेसम्ममा ११ लाख ७७ हजारले एक अर्ब २८ करोडको आवेदन दिएका छन्। कम्पनीको सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको छ । 

कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया