Nepal Life

ग्लोबल आइएमई बैंकको वैदेशिक रोजगार टेवा कर्जा, १२.८०% स्थिर ब्याजदरमा डेढ लाखसम्म ऋण पाइने

NMB Bank
  • BFIS News
  • 2023 Jul 08 05:10
ग्लोबल आइएमई बैंकको वैदेशिक रोजगार टेवा कर्जा, १२.८०% स्थिर ब्याजदरमा डेढ लाखसम्म ऋण पाइने
United Ajod

काठमाडौं। ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ। यो कर्जा १२.८० प्रतिशतको स्थिर ब्याजदरमा पाइने बैंकले जनाएको छ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमई पे वालेटबाट आवेदन दिएर कर्जा पाउन सक्ने बताइएको छ।

बैंकले नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउने बताइएको छ। उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ।

बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमई पे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया