Nepal Life

नविल बैंकको साधारणसभा एक दिन अगाडै नै हुने, मंसिर २८ गतेसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

NMB Bank
  • BFIS News
  • 2023 Dec 04 11:17
नविल बैंकको साधारणसभा एक दिन अगाडै नै हुने, मंसिर २८ गतेसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने
United Ajod

काठमाडौं । नविल बैंकले पुर्व निर्धारित मिति भन्दा एक दिन अगाडी नै साधारणसभा गर्ने भएको छ । बैंकले पुस १२ गते ३९ औं वार्षिक साधारणसभा डाकेको छ ।  साधारणसभा आर्मी आफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान १० बजेबाट शुरु हुनेछ ।

Shikhar
Nepal Life
NIMB

साधारणसभामा यस भन्दा अगाडी प्रस्तावित ११ प्रतिशत लाभांश पारितका लागि पेश गर्नेछ । बैंकले यस पटक २ अर्ब ९७ करोड रुपैयाँ बराबरको नगद लाभांश  वितरण गर्दैछ । उक्त लाभांश साधारणसभाले पारित गर्ने वित्तीकै शेयरधनीको खातामा जम्मा हुनेछ । 

सभाले बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावित पारित गर्नुका साथै सञ्चालक समितिलाई आवश्यक कामका लागि अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया