Nepal Life

दुई दिनमै आइएमई लाइफको आइपिओमा माग भन्दा बढि आवेदन

NMB Bank
  • BFIS News
  • 2023 Jul 08 05:25
दुई दिनमै आइएमई लाइफको आइपिओमा माग भन्दा बढि आवेदन
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा माग भन्दा बढि आवेदन परेको छ ।आइपीओ ५ लाख बढीको आवेदन परेको छ ।

Shikhar
Nepal Life
NIMB

सिडिएसका अनुसार आज दोस्रो दिन अर्थात असार २२ गते साँझ ५ः४ बजेसम्म ५ लाख ४६ हजार २७४ जनाले १ अर्ब ६५ करोड ३ लाख ३८ हजार ७५१ रुपैयाँ बराबरको ६९ लाख ६६ हजार १०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको थियो ।
त्यस्तै, पाँच प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषको लागि छुटाइएको छ । पाँच प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुटाइएको छ भने बाँकी रहेको ९६ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

आइपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । उक्त आइपीओमा आज असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सोही अवधिमा पुर्ण आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अघिको आइपीओहरुलाई हेर्दा माग भन्दा धेरै आवेदन पर्ने हुनाले छिटो अवधिसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया