Nepal Life

नविल बैंकले मंसिर २९ गतेदेखि 'नबिल डिबेन्चर २०८७' जारी गर्दै, ९ प्रतिशत व्याजदरमा दीर्घकालिन लगानीको अवसर

NMB Bank
  • BFIS News
  • 2023 Dec 07 10:23
नविल बैंकले मंसिर २९ गतेदेखि 'नबिल डिबेन्चर २०८७' जारी गर्दै, ९ प्रतिशत व्याजदरमा दीर्घकालिन लगानीको अवसर
United Ajod

काठमाडौं । नबिल बैंकले यहि मंसिर २९ गतेदेखि ९ प्रतिशत व्याजदरमा ७ वर्ष अवधिको तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ। सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि छुट्टाइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा पुस ३ गते हुनेछ भने ढिलोमा पुस १३ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गर्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया