रिलायबल सावधिक जीवन बीमालेखमा सर्वाधिक धेरै बोनस, हेर्नुहोस् कुन पोलिसीमा कति पाइन्छ बोनसदर
- BFIS News
- 2023 Dec 10 19:27
काठमाडौं । रिलायबल नेपालले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितीको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन अनुसार नयाँ बोनसदर निर्धारण गरेको हो ।
कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न प्रकारका मुनाफामा सरिक हुने अर्थात बोनस आर्जन गर्ने गरी जारी गरिएको जीवन बीमालेखहरु अन्तर्गत आर्थिक वर्ष २०७९/८० का लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा बोनदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
रिलायबल सावधिक जीवन बीमालेख
यो बीमालेख खरिद कर्ता बीमितले न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म पाउने छन् । जसमा ५ देखि ९ वर्ष अवधिको पोलिसी खरिदकर्ताले प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिकाले ५५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथिको अवधिकाले ७५ रुपैयाँ पाउने छन् ।
लघु साविधिक जीवन बीमालेख खरिदकर्ता जति सबैले प्रतिहजार ३० रुपैयाँ पाउने छन् । यस्तो पोलिसी खरिद गर्नेको संख्या ३३४६ जना रहेको छ ।
एकल तथा सिमित अवधि भुक्तानी भएको रिलाबयल सजिलो जीवन बीमालेख खरिदकर्ताहरु सबैले प्रतिहजार २५ रुपैयाँ पाउने छन् ।
रिलाबयल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजना खरिदकर्ताले पनि प्रतिहजार २४ रुपैयाँदेखि ४० रुपैयाँसम्म प्राप्त गर्ने छन् ।
बालबच्चाको सावधिक बीमालेख रिलायबल उच्च शिक्षा योजना खरिदकर्ताले पनि न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म प्राप्त गर्ने छन् ।
सावधिक तथा आजीवन बीमा योजना खरिद कर्ताले न्युनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्ने छन् । रिलाबयल समुन्नती जीवन बीमा पोलिसी खरिदकर्ताले प्रतिहजार २० रुपैयाँ पाउने छन् । यस्तो पोलिसी खरिद गर्नेको संख्या १३ हजार ९०९ जना रहेका छन् । रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजना खरिद कर्ताले पनि ५० र ५५ रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया