Nepal Life

कम्पनीहरुले लक इन अवधि समाप्त हुनु भन्दा ३० दिन अगाडी नै लगानीकर्तालाई जानकारी दिनु पर्ने

NMB Bank
  • BFIS News
  • 2023 Dec 11 16:10
कम्पनीहरुले लक इन अवधि समाप्त हुनु भन्दा ३० दिन अगाडी नै लगानीकर्तालाई जानकारी दिनु पर्ने
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन (Lock In) अवधि समाप्त हुनु भन्दा ३० दिन अगाडी नै सर्वसाधारण लगानीकर्तालाई जानकारी दिन निर्देशन दिएको छ । बोर्डले सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक इन (Lock In) अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० (तीस) दिन अगाडि लगानीकर्ता एवं सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन शेयर लक इनमा रहेको वर्ग सहितको जानकारी प्रदान गर्न निर्देशन दिएको हो ।

 

Shikhar
Nepal Life
NIMB

यसरी लक इन अवधि समाप्त हुन लागेको संस्थापक, स्थानीय प्रभावित शेयर कुन हो त्यसको स्पष्ट जानकारी प्रदान गर्नु पर्नेछ । जसमा लक इनमा रहेको कुल शेयर संख्या, लक इन अवधी समाप्त हुने मिति समेत स्पष्टरुपमा खुलाई सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने छ ।

सो को जानकारी बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई उपलब्ध गराउनुपर्ने साथै सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सबैले सहजै देख्न सक्नेगरी सम्बन्धित संस्थाले आफ्नो वेवसाईटमा समेत राख्नु पर्ने छ ।

सम्बन्धित सूचीकृत संगठित संस्थाबाट लक इन (Lock In) अवधि समाप्त सम्बन्धी सूचना तथा जानकारी प्राप्त भएपश्चात् नेपाल स्टक एक्सचेञ्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. ले सो सम्बन्धी सूचना तथा जानकारी कम्तीमा जारी भएको मितिदेखि लक इन अवधी समाप्त भए पछिको एक हप्तासम्म सवैले सहजै देख्न सक्नेगरी वेवसाईटमा राख्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन (Lock In) अवधि सम्बन्धी व्यवस्था रहेकोमा उक्त व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरुलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोवारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम यस्तो निर्देशन दिएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया