Nepal Life

नेशनल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी, मृतकको परिवारले पाए ५ लाख

NMB Bank
  • BFIS News
  • 2023 Dec 13 05:19
नेशनल लाइफले गर्यो मृत्यु दाबी भुक्तानी, मृतकको परिवारले पाए ५ लाख
United Ajod

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पाँच लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी दिएको छ । दम्पती बीमा योजना अन्तर्गत पाँच लाख रुपैयाँको बीमामा श्रीमानको मृत्यु भएकोमा उक्त बीमालेख बापतको रकम मृतकको श्रीमतीले प्राप्त गर्नेमा श्रीमती उपस्थित हुन नसकेपछि मञ्जुरीनामा लिई मृतकका नैकाप बस्ने छोराले सो बीमालेख बापतको पाँच लाख रुपैयाँ दाबी भुक्तानी लिएका हुन्।

Shikhar
Nepal Life
NIMB

दम्पती योजनामा एउटा बीमा लेखले दुवै श्रीमान् श्रीमतीको जोखिम बहन गर्दछ । जसमा कुनै एकको मृत्यु भएमा बीमाङ्क बराबरको रकम भुक्तानी गरिएको कलंकी शाखा प्रमुख रामचन्द्र (आरसी) घिमिरेले जनाएका छन् । अब उक्त बीमाको सम्झौता बमोजिमको करार अवधि सकिएपछि पुरै बोनससमेत प्राप्त हुनेछ। नेशनल लाइफ नेपालको सबैभन्दा पुरानो, सबैभन्दा धेरै बोनस रकम दिने नेपालको अग्रणी जीवन बीमा कम्पनी हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया