Nepal Life

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, तेह्रथुम पावरको हकप्रद पनि

NMB Bank
  • BFIS News
  • 2023 Dec 13 10:40
नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, तेह्रथुम पावरको हकप्रद पनि
United Ajod

काठमाडौं । नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बेंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ। दुबै कम्पनीले लाभांश वितरणको लागि बिहीबार बुकक्लोज गर्ने भएकोले बुधबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्।

Shikhar
Nepal Life
NIMB

नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्दै छ। 

मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत बोनश सेयर वितरण गर्दै छ।

यी दुबै कम्पनीको बुधकारसम्म शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्रै सो लाभांश पाउने छन्। यसैगरी तेह्रथुम पावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने पनि बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ शेयरको अनुपातमा हकप्रद निश्काशन गर्न बिहीबार बुकक्लोज गर्दै छ। बुधबारसम्म कायम शेयरधनीले सो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया