Nepal Life

व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य नगर्न राजस्व अनुन्धान विभागको ध्यानाकर्षण

NMB Bank
  • BFIS News
  • 2023 Dec 13 17:20
व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य नगर्न राजस्व अनुन्धान विभागको ध्यानाकर्षण
United Ajod

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायीलाई अनावश्यक दुःख दिने र विना कारण फाउने कार्यलाई रोक्न राजस्व अनुन्धान विभागको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा विभागका उच्च पदस्थ अधिकारीहरु सँग महासंघले यस्तो आग्रह गरेको हो ।

Shikhar
Nepal Life
NIMB

छलफलका क्रममा विभागका महानिर्देशक नवराज ढुङ्गानाले राज्यको नीति नियमलाई पालना गरी पेशा ब्यवसाय गर्नेहरुलाई अनावश्यक रुपमा दुःख दिने नीति विभागको नभएको प्रष्ट पारे । ‘सरकारले तोकेको मापदण्डमा आधारित रही कारोबार गर्ने व्यवसायीलाई अनावश्यक रुपमा अनुसन्धानका नाममा दुःख दिने नीति विभागको छैन, उनले भने ‘राज्यले तोकेका नीति नियमको उल्लंघन गरेको अवस्थामा भने त्यसलाई छोड्न सकिँदैन ।’

भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी क्षेत्रमा आवद्ध व्यवसायीलाई परेको समस्या तथा तीनको समाधानका लागि विभागले खेल्नुपर्ने भुमिका लगायतका बिषयमा जानकारी गराए ।

भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष विपिन रामुदामु र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्री लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया