Nepal Life

मुद्दती निक्षेपमा सर्वाधिक धेरै व्याजदर प्राइममा थोरै एभरेष्टको, हेर्नुहोस् कुन बैंकको व्याजदर कति (सूचिसहित)

NMB Bank
  • BFIS News
  • 2023 Dec 16 20:46
मुद्दती निक्षेपमा सर्वाधिक धेरै व्याजदर प्राइममा थोरै एभरेष्टको, हेर्नुहोस् कुन बैंकको व्याजदर कति (सूचिसहित)
United Ajod

काठमाडौं । बैंक वित्तीय संस्थाहरु मध्ये अधिकाम्सले पुस एक गतेदेखि लागु हुने गरि निक्षेपको व्याजदर घटाएका छन् । पुस महिनामा गत मंसिरको तुलनामा  १९ वटा बाणिज्य बैंकले मुद्दती निक्षेपको अधिकतम व्याजदर घटाएका छन् भने दुई बैंकले स्थिर राखेका छन् ।

Shikhar
Nepal Life
NIMB

पुस महिनाका लागि सर्वाधिक धेरै व्याज प्राइम कमर्सियल बैंकको रहेको छ । प्राइमले १० प्रतिशत कायम गर्दा पनि गत महिनाको तुलनामा ०.२५ प्रतिशतले घटेको छ । त्यस्तै माछापुच्छ्रे बैंकले ९.६ प्रतिशत, नेपाल एसबिआइ बैंक ९.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९.५ प्रतिशत, सिटिजन बैंक ९.३५ प्रतिशत, कुमारी बैंक ९.३१ प्रतिशत, सिद्धार्थ बैंक ९.२५ प्रतिशत, कृषि विकास बैंक ९.०१२ प्रतिशत, लक्ष्मी सनराइज बैंक ९ प्रतिशत, एनएमबी बैंक ९ प्रतिशत, प्रभु बैंक ९ प्रतिशत, सानिमा बैंक ९ प्रतिशत, एनआइसी एशिया बैंक ८.६७ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंक ८.६१ प्रतिशत, हिमालयन बैंक ८.६०३ प्रतिशत, ग्लोबल आइएमई बैंक ८.६ प्रतिशत, नविल बैंक ८.६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंक ८.५६ प्रतिशत, नेपाल बैंक ८.५५ प्रतिशत, एभरेष्ट बैंक ८ प्रतिशत रहेको छ ।

बाणिज्य बैंकहरुले कर्जा थुप्रिन थाले पछि निक्षेपको व्याजदर घटाइरहेका छन् । कुनै समय १२ प्रतिशत भन्दा माथि रहेको मुद्दती निक्षेप आजका दिनमा आउदा ८ प्रतिशतमा झरेको छ । माथिको व्याजदर व्यक्तिगत निक्षेपकर्ताका रुपमा कायम गरिएको हो । जवकी संस्थागत निक्षेपकर्ताले सोहि व्याजदरमा २ प्रतिशत घटाएर मात्रै दिइन्छ । राष्ट्र बैंकले सर्वसाधारणका लागि कायम मुद्दती निक्षेपको तुलनामा संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत घटाउने व्यवस्था रहेको छ । यस्तो व्यवस्था सँगै अव संस्थागत निक्षेपकर्ताको व्याजदर धेरै नै तल झरिरहेको छ । यसले गर्दा व्याजदर अझै तल झर्ने आकलन गरिएको हो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया