Nepal Life

ग्लोबल आइएमईको अगुवाइमा ‘भिजा स्क्यान टू पे’को शुभारम्भ, स्मार्टफोन मार्फत क्युआरबाटै भुक्तानी

NMB Bank
  • BFIS News
  • 2023 Dec 19 15:30
ग्लोबल आइएमईको अगुवाइमा ‘भिजा स्क्यान टू पे’को शुभारम्भ, स्मार्टफोन मार्फत क्युआरबाटै भुक्तानी
United Ajod

काठमाडौं। ग्लोेबल आइएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरु गरिएको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरु गरिएको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले क्यूआर स्क्यान गरी प्रथम कारोबार सहित उक्त सेवा शुभारम्भ गरेका छन्।

यो प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्यूआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन्। फिजिकल कार्ड प्रयोग गर्नुपर्ने छैन। कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुंगा सावित हुने बताए। ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक नयाँ प्रविधिको विस्तारमा सधैं अग्रणी रहेको बताए।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सरोकारवालाबीच सहकार्यमा जोड दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया