Nepal Life

यि हुन् शेयर बजार ३२ अंकले घट्दा पनि सकारात्मक सर्किट लाग्ने १० कम्पनी

NMB Bank
  • BFIS News
  • 2023 Dec 21 15:18
यि हुन् शेयर बजार ३२ अंकले घट्दा पनि सकारात्मक सर्किट लाग्ने १० कम्पनी
United Ajod

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ३२.७७ अंकको करेक्नस देखिएको छ । लगातार दुई सातादेखि बढिरहेको शेयर बजारमा सोमबार लगानीकर्ताले नाफा बुक गरेका छन् । नाफा बुक सँगै अधिकाम्स कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १० वटा कम्पनीको शेयर मूल्यमा भने सर्किट लागेको छ ।

Shikhar
Nepal Life
NIMB

जसमा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य प्रति कित्ता ५२५ रुपैयाँले बढेर ५७८४ रुपैयाँ पुगेको छ । जुन १० प्रतिशतले बढेको हो । त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६८ रुपैयाँले बढेर ७४८ रुपैयाँ पुगेको छ । आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पनि पोर्टफेलियो १० प्रतिशतले बढाएका छन् । कम्पनीको शेयर मूल्य ९१ रुपैयाँले बढेर १००९ रुपैयाँ कायम भएको छ ।

बिपिडब्लु लघुवित्तको १३९ रुपैयाँलेब ढेर १५३१ रुपैयाँ, चिर्खुवा खोला हाइड्रोपावरको ३० रुपैयाँले बढेर ३३० रुपैयाँ, भिजन लुम्बिनी उर्जा कम्पनीको ३६ रुपैयाले बढेर ४०१ रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको २८ रुपैयाँले बढेर ३१६ रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको पनि ४२ रुपैयाँले बढेर ४६७ रुपैयाँ, माण्डूहाइड्रोपावरको ५९ रुपैयाँले बढेर ६५१ रुपैयाँ र नेपाल वेयरहाउसको पनि २० रुपैयाँले बढेर २२९ रुपैयाँ पुगेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया