Nepal Life

व्याजदरको सिण्डिकेट रोकियो, साउनदेखि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Jul 14 05:26
व्याजदरको सिण्डिकेट रोकियो, साउनदेखि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्ने
United Ajod

काठमाडौं । आगामी साउनदेखि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गर्ने भएका छन्।

बैंकहरूले बिहीबार अब आ–आफ्नै आवश्यकता अनुसार ब्याजदर तोक्ने सहमति गरेका हुन्। बिहीबार बिहान बसेको नेपाल बैंकर्स एसोसिएसनको बैठकले यसअघि चलिआएको सहमतिमा ब्याजदर तोक्ने पद्धति तोड्दै आफ्नै हिसाबले तोक्ने निर्णय गरेको हो। 

Shikhar
Nepal Life
NIMB

बैंकिङ प्रणालीमा ४ खर्बभन्दा धेरै कर्जा लगानी योग्य पुँजी थुप्रिएपछि धेरै बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी पनि गरिरहेका छन्। 

'अहिले तरलता सहज अवस्था पनि छ, बैंकहरू आफै‌ंले ब्याजदरको निर्णय गर्दा अस्वस्थ प्रतिस्पर्धा भएर निक्षेप सन्तुलनमा समस्या पर्ने देखिदैन,' संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'बजारले पनि यही चाहेकाे थियो।'

बैंकर्स संघले केही वर्षदेखि आपसी सहमतिमा ब्याजदर निर्धारण गर्दै आइरहेका थिए। 

बैंकर्सहरूले ब्याजदर निर्धारण गर्दा अहिले पनि राष्ट्र बैंकले दिएको सीमा भने परिपालना गर्नुपर्ने अवस्था छ। 

बैंकहरूले निक्षेपको ब्याजदर परिर्वतन गर्दा अघिल्लो महिनाको सबै निक्षेपको औसत ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्रै घटबढ गर्न सक्ने व्यवस्था छ।

असारमा बैंकहरूले निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका थिएनन्। साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया