Nepal Life

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ७ अर्ब नाघ्ने

NMB Bank
  • BFIS News
  • 2023 Dec 22 11:01
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस शेयर वितरण पछि चुक्ता पूँजी ७ अर्ब नाघ्ने
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यस वर्ष शेयरधनीलाई चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५१३२ प्रतिशत नगद सहित कुल १०.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

Shikhar
Nepal Life
NIMB

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । बैंकले ९.७५ अर्थात ६२ करोड ६० लाख रुपैयाँ बोनस शेयर वितरण गरेसँगै बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड पुग्नेछ । 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया