Nepal Life

राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, सरकारले मात्रै ८० करोड भन्दा धेरै पैसा लैजाने

NMB Bank
  • BFIS News
  • 2023 Dec 24 16:48
राष्ट्रिय बाणिज्य बैंकको लाभांश घोषणा, सरकारले मात्रै ८० करोड भन्दा धेरै पैसा लैजाने
United Ajod

काठमाडौं । सरकारको ९९ प्रतिशत भन्दा धेरै लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकले लाभांश घोषणा गरेको छ। हरेक वर्ष सरकारलाई आकर्षक लाभांश दिदै आएको बैंकले यस वर्ष भने जम्मा ५.५० प्रतिशत मात्रै दिने प्रस्ताव गरेको छ । 

Shikhar
Nepal Life
NIMB

बैंकको चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसै पूँजी ५.५० प्रतिशत अर्थात ८६ करोड रुपैयाँ नगद दिने भएको छ । राष्ट्रिय बाणिज्य बैंक पनि सरकारको आम्दानीको प्रमुख स्रोत हो । 

यस वर्ष खराव कर्जा बढेकाले धेरै लाभांश दिन नसक्ने भएको छ । प्रस्तावित नेपाल राष्ट्र बैंकको स्वीकृति पछि मात्रै साधारणसभामा पेश गर्न सक्ने छ । साधारणसभाबाट लाभांश पारित भए पछि मात्रै नेपाल सरकार र साविक एनआइडिसी बैंकका शेयरधनीले प्राप्त गर्नेछन् ।सरकारले उक्त लाभांशबाट ८० करोड भन्दा धेरै रकम लैजान सक्नेछ ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया