Nepal Life

ह्याम्स अस्पतालले आइपिओ निष्काशनका लागि पायो ट्रिपल बी माइनस रेटिङ, २८८ रुपैयाँमा आइपिओ जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Dec 24 18:14
ह्याम्स अस्पतालले आइपिओ निष्काशनका लागि पायो ट्रिपल बी माइनस रेटिङ, २८८ रुपैयाँमा आइपिओ जारी गर्दै
United Ajod

काठमाडौं । हस्पिटल फर एड्भान्स मेडिसीन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पतालले) आइपीओ जारी गर्ने भएको छ । सन् १९९८ मा स्थापना भएको हस्पिटल सन् २०२२ को जुलाई महिनामा पब्लिक लिमिटेडमा परिणत भएको थियो । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि हस्पिटलले जारी पुँजीको १५ प्रतिशत सार्वजनिक निष्काशन गर्ने भएको हो ।

Shikhar
Nepal Life
NIMB

नेपाल धीतोपत्र बोर्डले स्वीकृत गरेमा हस्पिटलले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । प्रति कित्ता अकिंत मूल्य १०० रुपैयाँमा १८८ प्रिमियम थपेर कुल २८८ रुपैयाँमा हस्पिटलले सेयर निस्कासन गर्नेछ।

आर्थिक वर्ष २०२३ मा हस्पिटलले १ अर्ब ३९ करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो। जसअन्तर्गत ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको २५.३ प्रतिशत रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको साख मूल्यांकन गरी ट्रिपल बी माइन्स रेटिङ गरेको छ।

रामशरण भन्डारी र उनका परिवारका सदस्यहरुको लगानी रहेको यस अस्पतालले मेडीसीन र सर्जरीको अत्याधुनिक सेवा सुविधा प्रदान गरिरहेको छ । १०० शैयाको क्षमता भएको हस्पिटल काठमाडौंको धुम्बराईमा अवस्थित छ ।

हस्पिटलले ८७ करोड ३७ लाख बराबरको कर्जा रेटिङ गराएको छ । इक्रा नेपालले ८५ करोड ३७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ। हस्पिटलको पछिल्लोे वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०२२ को तुलनामा २०२३ मा सञ्चालन आम्दानी १०.१० प्रतिशतले घटेको छ।

यस्तै हस्पिटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमतामा समेत ह्रास आएको छ । हस्पिटलले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता गत आवमा कुल कर्जाको ५.७ प्रतिशत थियो भने हाल ४.८ गुणामा झरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया