Nepal Life

ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैंक, सर्वाधिक धेरै कारोबार गर्दै नेपाल क्लियरिङ्ग हाउसबाट सम्मानित

NMB Bank
  • BFIS News
  • 2023 Dec 25 16:13
ढड्डा प्रणालीबाट डिजिटल युगमा राष्ट्रिय वाणिज्य बैंक, सर्वाधिक धेरै कारोबार गर्दै नेपाल क्लियरिङ्ग हाउसबाट सम्मानित
United Ajod

काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ ।

Shikhar
Nepal Life
NIMB

यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा आईतबार साँझ सम्मानीत गरेको छ ।  

एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए । बैंकले अन्तराष्ट्रियस्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित Core Banking Software भित्र्याउन IT Enhancement Roadmap अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए । उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् । साथै उनले बैंकको उपरोक्त प्रगतिकालागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर,QR Code सेवा, POs (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् । 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया