Nepal Life

प्रभु हेलिकोप्टरले १०० रुपैयाँमै ६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Dec 25 19:51
प्रभु हेलिकोप्टरले १०० रुपैयाँमै ६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्ने
United Ajod

काठमाडौं। प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई सेयर बेच्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बनाइएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीद्वारा जारी विज्ञप्ति छ।    

बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

व्यावसायिक योजनाअनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने दाबी प्रभु समूहको छ।

सन् २००९ मा स्थापना भएको यो हेलिकोप्टर कम्पनीले हाल एयरबस कम्पनीको एच १२५ र रोविन्सन कम्पनीको आर ६६ हेलिकोप्टर मार्फत व्यावसायिक चार्टर उडान सेवा दिँदै आएको छ।

कोभिड-१९ संक्रमण नियन्त्रणमा आएसँगै लयमा फर्किएको पर्यटन र उड्डयन उद्योगलाई मध्यनजर गर्दै कम्पनीले आउँदो दुई वर्षभित्रै एयरबस कम्पनीका दुईवटा एच१२५ सिरिज हेलिकोप्टर थप्ने योजना बनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया