Nepal Life

कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2023 Dec 26 20:03
कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु
United Ajod

काठमाडौं । पोखरामा मङ्गलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भएका नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।  

Shikhar
Nepal Life
NIMB

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

ठक्कर दिने कारका चालक फरार छन् भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  यस अगाडि पोखराको लेखनाथमा भएको कारको ठक्करले स्कुटरसवार दुई युवतीको मृत्यु भएको थियो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया