Nepal Life

शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भन्ने प्रधानमन्त्री प्रचण्डको युट्रन अभिव्यक्ति ‘पूँजी बजार सुधार नहुँदा चिन्तित छु’

NMB Bank
  • BFIS News
  • 2023 Dec 26 21:40
शेयर बजारलाई साम्राज्यवादको विकसित रुप भन्ने प्रधानमन्त्री प्रचण्डको युट्रन अभिव्यक्ति ‘पूँजी बजार सुधार नहुँदा चिन्तित छु’
United Ajod

काठमाडौं । कुनै समय शेयर बजारलाई साम्राज्यवादको विकसित रुप हो भनेर विवादित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाले प्रचण्डले सोमबार देशबासीका नाममा संबोधन गर्ने क्रममा पूँजी बजार अपेक्षित सुधार नभएको भन्दै चिन्तित भएको बताएका छन् ।

Shikhar
Nepal Life
NIMB

उनले संबोधनका क्रममा भनेका छन् ‘पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा म चिन्तित छु र सुधारका लागि गम्भीर गृहकार्यमा छु ।’ जवकी २०७८ मंसिर २६ गते माओवादीको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै दाहालले शेयर बजारसहित सम्पूर्ण धितोपत्र बजारको विषयमा गम्भीर टिप्पणी गरेका थिए । उनले नाफा सोहरेर सीमित समूहलाई धनी बनाउने यस्तो वित्तीय एकाधिकार सिर्जना गर्ने प्रणालीसँग लड्ने तरिका खोज्नुपर्ने वेला आएको भन्दै अभिव्यक्ति दिए पछि चौतर्फी विरोध भएको थियो । 
दाहालले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने पुँजी धितोपत्र बजार, घरजग्गा कारोबार आदिमा जानु अर्थतन्त्रका लागि राम्रो नभएको बताएका थिए । उनले पछिल्लो समयमा पुँजीको लगानी उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादकै विकसित रुप भएको टिप्पणी गरेका थिए । दाहालले भूमण्डलीकृत पुँजीवादलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पनि पार्टीको आधिकारिक दस्तावेजमा नै समावेश गराउने समेत बताएका थिए । 
उनले भनेका थिए “पहिला पहिला पूँजीको लगानी उद्योगमा हुन्थ्यो। उत्पादनमा लगानी हुन्थ्यो। त्यहाँबाट आउने नाफा पूँजीपतिहरूले लिन्थे। आजभोलि पूँजीको लगानी उत्पादनमा हुँदैन। पूँजीको लगानी पूँजीमै हुन्छ। पूँजीको लगानी पूँजीमै हुने वित्तीय पूँजीवाद देखा पर्‍यो ।” 
उनले धितोपत्र, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व ब्यांक र एशियाली विकास ब्यांकहरू सबै साम्राज्यवादका विकसित रुप भएको र यिनले ८० प्रतिशत नागरिकलाई भोको नांगो राखेर २० प्रतिशतलाई थप धनी बनाउँदै लगेको जिकिर गरेका थिए । उनले भनेका थिए “अहिले तपाईले हेर्नु भयो भने धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, वल्ड ब्यांक, एशियाली ब्यांक पैसा यताउता गर्छन भन्ने होला, तर त्यस्तो होइन ।

यो साम्राज्यवादका विकसित रुपहरू हुन् । यो वित्तीय एकाधिकार पूँजीवादलाई बलियो बनाउने, त्यसलाई अगाडि बढाउने र नाफा सोहरेर संसारका केही सीमित पूँजीपतिहरूको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका अत्यधिक धेरै ८० प्रतिशत जनसंख्यालाई भोकोनाङ्गो राख्ने प्रणाली हो, यो ।’

यस्तो अभिव्यक्ति दिएर विवादमा तानिएका दाहालले आज भने शेयर बजारलाई फेबर गरेका छन् । यसरी उनको युटर्न अभिव्यक्तिलाई लिएर विश्लेषकहरु समेत अचम्ममा परेका छन् । उकको यस अभिव्यक्तिलाई लिएर प्रधानम्त्री 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया