Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

NMB Bank
  • BFIS News
  • 2023 Dec 27 17:23
बैंकिङ प्रणालीमा अधिक तरलता, थप २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
United Ajod

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जान थाले पछि राष्ट्र बैंकले एक पछि अर्को निक्षेप संकलनको उपकरण प्रयोग गर्न थालेको छ । राष्ट्र बैंकले बजारबाट ३५ अर्ब रुपैयाँ तानेको भोलिपल्टै थप २० अर्ब रुपैयाँका लागि प्रकृया अगाडि बढाएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले बुधबार ३५ अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल औजारमार्फत बैंक तथा वित्तीय संस्थाबाट उठाएको थियो। ३५ अर्ब रुपैयाँ माग्दा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ४० करोड रुपैयाँका लागि आवेदन दिएका थिए। १८ वटा संस्थाले फरक-फरक ब्याज दर निर्धारण गरेर ७८ वटा निवेदन दिएका थिए।

बजारमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले बिहीबार फेरि सात दिन अवधिको निक्षेप संकलन बोलकोबल गर्ने भएको छ। बुधबारको भने १४ दिन अवधिको हो। पछिल्ला दिनहरुमा औषत ब्याजहरु क्रमश बढ्न थालेका छन्। बुधबारको २.८५ प्रतिशत कायम भएको छ।

राष्ट्र बैंकले बुधबारसम्म १४ पटक निक्षेप संकलन गरेको छ। राष्ट्र बैंकले मंसिर ६ गतेदेखि यो औजार प्रयोग गरेर बजारको तरलता तान्ने काम गरिरहेको हो। १४औं पटकसम्म कुल २ खर्ब ५० अर्ब रुपैयाँ तान्न खोजेकोमा २ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ तानिसकेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया